समाचार

काठमाण्डौको जनसांख्यिक चाप न्यूनीकरण र विविधिकरण गरौं : पूर्व प्रम डा. भट्टराई

काठमाडौं, साउन १९ । संघीय राजधानी काठमाण्डौ ठूलो बर्षासंगै डुवानमा पर्नु राष्ट्रिय चासो र चिन्ताको विषय हो । यो तीव्र जनसंख्या वृद्धि, अव्यवस्थित शहरीकरण र सम्पूर्ण उपत्यका कंक्रिट जंगलमा परिणत हुँदै जानुको दुष्परिणाम हो ! यही प्रवृत्ति कायम रहे कुनै वेला समग्र हिमाली सभ्यताको केन्द्र रहेको काठमाण्डौ उपत्यका केही दशकभित्र गम्भीर प्रकृतिक र मानवीय संकटमा पर्न सक्छ ।

शहरी तथा क्षेत्रीय विकास योजनको विद्यार्थीको नाताले यसको गम्भीरतालाई बुझेर आफ्नो प्रम कालमा मैले छुट्टै शहरी विकास मन्त्रालयको गठन, काठमाण्डौ उपत्यका विकास प्राधिकरणको गठन, काठमाण्डौ–मधेस जोड्ने फाष्ट ट्र्याक र निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई पहिलो प्राथमिकताको राष्ट्रिय गौरवको योजना घोषणा लगायतका दूरदृष्टियुक्त पहल गरेको हुँदा ।

देश अब संघीयतामा गैसकेको अवस्थामा भविष्यमुखी भएर यसो गरौंः
– छुट्टै ऐन बनाएर सबै पालिकाहरूको प्रतिनिधित्व हुने गरी अधिकारसम्पन्न काठमाण्डौ उपत्यका एकीकृत विकास प्राधिकरण गठन गरौं र वृहद गुरूयोजना बमोजिम मात्र विकासनिर्माण सम्पन्न गरौं ।

– फाष्टट्र्याक र निजगढ विमानस्थल छिटो निर्माण गरेर काठमाण्डौको जनसांख्यिक चाप न्यूनीकरण र विविधिकरण गरौं ।

– संघीय राजधानी र औद्योगिक क्षेत्रहरू काठमाण्डौ उपत्यकाबाहिर स्थानान्तरण गरौं। उपत्यका बाहिर छेउछाउमा योजनावद्ध स्याटालाइट सिटीहरूको निर्माण गरौं । काठमाण्डौ उपत्यकालाई सांस्कृतिक,पर्यटकीय,शैक्षिक र सेवामुखी गतिविधि र नयाकक हिमाली सभ्यताको केन्द्र बनाउ ।

– अहिलेको अपूर्ण संघीय संरचनालाई पूर्णता दिएर र प्रदेश तथा स्थानीय तहहरूलाई बढी अधिकार सम्पन्न बनाएर सम्पूर्ण देशको एकीकृत र दिगो विकास गरौं ।-पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको फेसबुक वालबाट साभार