“ बगंलादेशमा हिन्दुहरु माथिको हिंसात्मक घटना मानव अधिकार बिरुद्धको घटना हो“ – बिश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय

“ बगंलादेशमा हिन्दुहरु माथिको हिंसात्मक घटना मानव अधिकार बिरुद्धको घटना हो“ – बिश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय

काठमाडौं, साउन २३ । बंगलादेशमा भईरहेको हिन्दुहरु माथिको आक्रमण प्रति बिश्व हिन्दु महासंघ अन्तर्राष्ट्रियले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघका अन्तर्राष्ट्रियका अध्यक्ष अस्मिता भण्डारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ , “आरक्षण ब्यबस्थाको विरोधमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरुले उग्र प्रदर्शन गर्दै बगंलादेशका हिन्दु समुदाय माथि गरेको हिंसात्मक गतिविधि अत्यन्तै निन्दनीय र बर्बरतापूर्ण रहेको उक्त घटना प्रति बिश्व हिन्दु महासंघको गम्भीर ध्यानाकर्षण भएकोछ ।“

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छोडेपछि हाल घटनाले उग्ररुपलिई रहेको छ । विज्ञप्तिमा भनिएको छ ’हिन्दु मठ, मन्दिर ,पसल र घरहरुमा आक्रमण गरिएको खवरले संसारभरिका हिन्दुहरु दुखित हुन पुगेका छन् । करिब सवा करोड हिन्दु बिरुद्धको यो हमला बंगलादेशी हिन्दुहरु माथिको मानव अधिकार बिरुद्धको हमला हो ।

तसर्थ बंगलादेशका निर्दाेष हिन्दु समुदाय माथिको अन्यायका बिरुद्ध संसारभरिका सम्पूर्ण हिन्दु ॐकार परिवार एक जुट भई आवाज उठाउन अनुरोध गर्दै अल्पसंख्यक जनताको संरक्षणका लागि संबेदनसिल हुन बंगलादेश सरकारको ध्यानाकर्षण गराउँदछौ ।’ साथै बिश्व हिन्दु महासंघले आफ्नो बंगलादेशमा रहेको च्याप्टर र त्यहाका सम्पूर्ण हिन्दुहरुलाई विपत्तिको घडीमा एकजुट भइ सुरक्षित रुपमा रहन र उक्त हिंसात्मक घटनाबाट सजग हुन समेत अनुरोध गरेको छ । बंगलादेशका हिन्दुहरु माथि विगतमा पनि हिंसात्मक गतिविधि भई रहेको स्मरण गर्दै महासंघकी अध्यक्ष अस्मिता भण्डारीले भनिन् “

धर्म मान्न पाउनु मानिसको नैसर्गिक अधिकार हो, अल्पसंख्यामा रहेका हिन्दु धर्मावलम्बी बंगलादेशी नागरिकहरु माथि धेरै ठूलो अत्याचार भई रहेको छ । उनीहरु माथीको यो मानव अधिकार बिरुद्धको गम्भीर घटना हो । “ साथै उनले भनिन् “हिन्दुहरुका लागि नेपाल सरकार र भारत सरकार पनि उदार हुन जरुरी छ । ज्यान जोगाउनका निम्ति नेपाल र भारत दुवै देशमा आउन चाहाने बंगलादेशका हिन्दु दाजुभाइ तथा दिदीबहिनीहरुलाई शरण दिनु पर्छ । “

विज्ञप्तिमा उनले भनेकी छिन् – “संसारभरिका सम्पूर्ण हिन्दु धर्मावलम्बी ॐकार परिवार , मानव अधिकार कर्मी तथा बंगलादेशी सेना ÷ सरकार एकजुट भइ बंगलादेशका हिन्दु दाजुभाइ तथा दिदीबहिनीहरुको मानव अधिकारको संरक्षणका लागि गम्भीर हुन अनुरोध गर्दै उक्त घटना प्रति गम्भीरताका साथ अग्रसर हुन नेपाल सरकारलाई समेत अनुरोध गर्दछौं !! “

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply