समाचार

क्रियाशिल पत्रकारहरुको मोर्चाद्वारा पत्रकार महासंघको नेतृत्वालाई अल्टिमेटम

काठमाडौं, साउन २७ । सञ्चारकर्मीहरुको छता संगठन नेपाल पत्रकार महासंघको विगतमा देखिएको विभिन्न खाले अवरोधले गर्दा गत चैत्र २०८०र वैशाष २०८१ मा २७औं म​हाधिवेश​न स​म्प​न्न भ​ये प​नि दुई–दुई पटक निर्वाच​न घोषणअ गरिसक्दा, निर्वाचन मण्डल बनाइ सक्दा पनि सम्पन्न हुन सकि रहेको छैन । अहिले यो विषय सञ्चारकर्मीहरुको लागि लाजमर्दो बनेको छ । राष्ट्रको चौथो स्तम्भ सञ्चार क्षेत्र जनाताको हकहितमा आवाज उठाउने, आवाज विहिनको आवाज आज आफै निरही बनेको छ । महाधिवेशन सम्पन्न गराउन नसक्नु वा आफ्नै कु–सोचले महासंघ जस्तो गरिमा बोकेको छाता संगठनलाई स्वार्थका कारण वा नेतृत्वको होडबाजीमा राजनीतिक दलको अखाडा बनाउने प्रयास गर्नु सञ्चार क्षेत्रका लागि शर्मसार विषय हो ।

सञ्चारकर्मीको छाता संगठन, सञ्चारकर्मीहरुको न्यायको मन्दिर नेपाल पत्रकार महासंघ कुनै राजनीतिक अखाडा नबनोस वा एनजीओ आईएनजीओमा परिणित नहोस भन्ने सोचलाई आत्मसात गर्दै क्रियाशिल पत्रकारहरुको साझा मोर्चाले देशैभरीका सञ्चार कर्मीहरुलाई महासंघलाई सहि ट्र्याकमा ल्याउन एकजुट बनौ भन्ने संदेसका साथ आज एक विज्ञप्ति जारि गरेको छ । क्रियाशिल पत्रकारहरुको साझा मोर्चाद्वारा जारि विज्ञप्तिमा नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशनको निर्वाचन प्रक्रिया लगातार अवरुद्ध हुनु आपत्तिजनक छ । सदस्यता थप्ने होडबाजी र भागबण्डाकै कारण महासंघले नयाँ नेतृत्व पाउने कुरा अनिश्चित हुनु अत्यन्त दुःखद विषय हो ।

क्रियाशील पत्रकारहरुको साझा मोर्चाको नेतृत्वमा विभिन्न सरोकारवाला सञ्चार संगठन तथा अभियन्ताहरुको आज बसेको बैठकले महासंघको नेतृत्वले महाधिवेशन सकेर पनि निर्वाचन प्रक्रिया रोकिनु लज्जास्पद भएको हुँदा त्यसप्रति दुःख व्यक्त गर्दै अल्टिमेटम सहित चरणवद्ध आन्दोलनमा जान बाध्य हुने बिज्ञ​प्तिमा भ​नियेको छ। अबिलम्ब सदस्यताको अन्तिम नामावलीसहित निर्वाचन तालिका सार्वजनिक गर्न जोडदार माग ग​रियेको छ ।

कार्यक्रम सार्वजनिक गर्न नसके महासंघ नेतृत्वले सार्वजनिक रुपमा क्षमायाचनासहित सामूहिक राजिनामा दिन माग ग​रियेको छ । अटेर गरेर पदमा बसिरहे चरणवद्धरुपमा धर्ना, घेराऊ लगायत सशक्त कार्यक्रमसहित आन्दोलनमा जाने यसै विज्ञप्तिमार्फत स्पष्ट अल्टीमेट​म दीयेको छ । त्यसबाट सिर्जित जस्तोसुकै परिस्थितिको जिम्मेवार स्वयं महासंघ नेतृत्व नै हुने पनि जानकारी गराउँदछौं भन्दै मोर्चाका संयोजक योगेन्द्र प्रताप शाही सहित गजुरधन राई अध्यक्ष, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज०, उमिद बाग्चन्द अध्यक्ष, सूचनाको हकको लागि राष्ट्रिय महासंघ, नारायण शर्मा, सँयोजक, क्रान्तिकारी प्रेस संगठन, गोपाल पौड्याल, अध्यक्ष, मिडिया नेपाल, मनोज कुमार यादव, कावा। अध्यक्ष, प्रेस मञ्च नेपाल, विदुर ढुंगेल, अध्यक्ष, प्रेस नेपाल, गोपाल बराइली, वरिष्ठ उपाध्यक्ष, राष्ट्रिय दलित पत्रकार संघ, जन्मदेव जैसी, अध्यक्ष, श्रमजीवी–पत्रकार संघ, नेपाल, दामोदर प्रसाद दवाडी, अध्यक्ष, लोकतान्त्रिक छापा माध्यम सञ्जाल र देवीप्रसाद सापकोटा, नेपाली सञ्चारक्षेत्र सुधार अभियन्ताको संयुक्त हस्ताक्षेरमा जारी विज्ञप्ति उल्लेख गरिएको छ ।

विज्ञप्तिमा अगाडी भनिएको छ प्रेस काउन्सिल नेपालले पत्रपत्रिका बर्गीकरणमा गरेको मनपरीतन्त्र र भेदभावप्रति गम्भीर आपत्ति प्रकट गर्दै तत्काल बिनाशर्त वर्गीकरण पुनः प्रकाशित गर्न माग गर्दछौं । साथै, अटेर गरी अघि बढे सशक्त दवावमूलक कार्यक्रम अघि बढाउन बाध्य हुने कुराको जानकरी समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।