समाचार

महासंघको निर्वाचन : क्रियाशील पत्रकारहरूको साझा मोर्चाद्वारा स्वागत

काठमाडौं । देशभरिका पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघले आगामी असोज १२ गते शनिवार निर्वाचन गर्ने निर्णयको क्रियाशील पत्रकारहरूको साझा मोर्चाले स्वागत गरेको छ । शुक्रबार बसेको मोर्चाको आकस्मिक बैठकले महासंघको आगामी निर्वाचनमा मोर्चाको तर्फबाट तीनै तहमा उम्मेदवारी दिने निर्णय पनि गरेको छ ।

संयोजक योगेन्द्र प्रताप शाहीद्वारा हस्ताक्षरित एक विज्ञप्तिमा विगतमा झैं निर्वाचन तोक्ने तर अन्त्यमा बहानावाजी गरेर नगर्ने प्रवृत्ति दोहो–याउने कार्य नगर्न मोर्चा महासंघ नेतृत्वलाई सचेत गराइएको छ । फेरि पनि कुनै नयाँ सदस्यता विवाद खडा नगर्न र सिन्डिकेटधारी सोचलाई त्यागी निर्वाचनका लागि स्वस्थ वातावरण तयार गर्न मोर्चाले आव्हान गरेको छ । साथै, मोर्चाले सञ्चारकर्मसँग जोडिएका संघ÷संगठनसँग समेत सम्वाद÷सहकार्य गर्दै अघि बढ्ने निर्णय पनि गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।