स्पोर्ट-मनोरञ्जन

यो मनको चाहन’ बोलको नयाँ गीत सार्वजनिक

काठमाडौं, भाद्र २९ । ’यो मनको चाहन’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ । तीजको रौनकमा सयौँ गीत र म्युजिक भिडियोहरू सार्वजनिक भइरहँदा, गायक सुरेश लामा र दीपा लामाको आवाजमा सजिएको ’यो मनको चाहना’ बोलको नयाँ गीत शनिबार सार्वजनिक भएको हो ।

गीतको शब्द डा. दामोदर रेग्मीले लेखेका हुन् भने संगीत डी.बी. लामाको रहेको छ । विशाल निरौलाले एरेन्ज गरेका गीतलाई रञ्जन राईले मिक्सिङ र मास्टरिङ गरेका छन् । यस गीतको भिडियोमा चर्चित मोडेल तथा नायक प्रभात पल ठकुरी र मोडेल अप्सना बलामीले अभिनय गरेका छन्, जहाँ उनीहरूलाई एकअर्काको प्रेमभाव व्यक्त गर्दै देखाइएको छ ।

भिडियोको छायांकन मनोरम प्राकृतिक दृश्यहरूमा गरिएको छ, जसले गीतलाई थप आकर्षक बनाएको छ । उत्तम शिशिर श्रेष्ठको कन्सेप्ट र निर्देशनमा तयार पारिएको भिडियोको छायांकन सिनेम्याटोग्राफर विशाल थापाले गरेका हुन् भने सुप्रिम पराजुलीले सम्पादन र कलरिङ गरेका छन् ।