धर्म-संस्कृति

सोह्र श्राद्ध : पितृहरूका लागि तर्पण, दान, पिण्ड दान, श्राद्ध गर्ने कार्य आजबाट शुरु

काठमाडौं, असोज २ । पितृ पक्ष भाद्रपद शुक्ल पक्षको पूर्णिमादेखि अमावस्यासम्म रहन्छ । यस समयमा पितृहरूका लागि तर्पण, दान, पिण्ड दान, श्राद्ध गर्ने कार्यका साथसाथै तुलसीसँग सम्बन्धित नियमको पनि पालना गर्नुपर्ने हुन्छ । यस समयमा पितृहरू पृथ्वीमा आएर परिवारका सदस्यले गरेको श्राद्ध विधिबाट सन्तुष्ट हुने जनविश्वास रहेको छ । पितृ पक्षको समयमा पितृहरूलाई दान र प्रसाद दिइन्छ । यी उपायले पितृदोषबाट पनि मुक्ति मिल्छ ।

पितृपक्ष आज २ असोजबाट सोह्र श्राद्ध सुरु हुँदैछ । पितृ पक्षको समयमा तुलसीको पूजा गर्नुका साथै केही नियमहरू पालना गर्नु आवश्यक छ । पितृ पक्षमा तुलसीसँग सम्बन्धित के के नियमहरु पालना गर्नुपर्ने मान्यताहरु छन् । तुलसी पुजा पितृपक्षमा तुलसीको पूजा गर्नुपर्छ । यस समयमा तुलसीको पूजा नगर्दा पितृहरू क्रोधित हुन सक्छन् । तर, तुलसीको पूजा गर्ने व्यक्तिले श्राद्धसँग सम्बन्धित क्रियाकलापबाट टाढा रहनुपर्छ ।

पितृपक्षमा तुलसी छुनु वर्जित मानिन्छ । हिन्दु धर्ममा तुलसीको बोटलाई पवित्र मानिन्छ । तसर्थ, यसलाई छुँदा सरसफाइ र शुद्धताको ख्याल गर्नु धेरै महत्त्वपूर्ण छ । पितृ पक्षमा तुलसीको पात भुलाएर पनि तोड्नु हुँदैन । यस समयमा तुलसी छुनु र पात टिप्नु वर्जित मानिन्छ । पात टिप्नुले पितृ रिसाउने डर हुन्छ । क्रोधित पितृका कारण जीवनमा समस्या बढ्न सक्छ ।

पितृ पक्षमा तुलसी उपाय
पितृ पक्षमा तुलसीको नियमित पूजा गर्नुपर्छ । यस समयमा तुलसीको माला लगाउनु पनि शुभ मानिन्छ । तुलसीको बिरुवाको ख्याल गर्नाले पितृबाट आशीर्वाद मिल्छ । यसका साथै यस समयमा तुलसीको पूजा गर्ने व्यक्तिले श्राद्धसँग सम्बन्धित क्रियाकलापबाट टाढा रहनुपर्छ । श्राद्ध सम्बन्धी कार्यमा भाग नलिने व्यक्तिले घरमा तुलसीको पूजा गर्नुपर्छ ।