धर्म-संस्कृति

हातमा चिराक लिएर काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) बने पुलुकिसि नृत्यमा पथप्रदर्शक

काठमाडौं, असोज ३ । यँयाः (इन्द्रजात्रा) का अवसरमा प्रदर्शन गरिने देवगणसँग सम्बन्धित तथा जात्रा मनाउनुको किंवदन्तीसँग सम्बन्धित परम्परागत नृत्यलाई काठमाडौँ महानगरपालिकाले यस वर्षदेखि पूजासहित प्रदर्शन परम्पराको थालनी गरेको छ । यस क्रममा काठमाडौँ महानगरपालिकाले आज सवः भकु, पुलुकिसि, मजिपा लाखे र महाकाली नृत्य प्रदर्शन आयोजना ग¥यो । कार्यक्रममा महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले हातमा चिराक लिएर पुलुकिसीको पथ प्रदर्शकका रुपमा सहभागिता जनाए ।

कार्यक्रम यँया ११४४ महानगर विशेष कार्यक्रम सञ्चालन मूल समारोह समितिले आयोजना गरेको थियो । प्रमुख शाहसँग पुलुकिसि नृत्यमा प्रवक्ता नविन मानन्धर र मूल समारोह समितिका संयोजक आशामान संगत सहभागी भएका थिए ।

यस अवसरमा उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुलाई आमन्त्रण गरिएको थियो । नृत्य अवलोकनका लागि महानगरपालिकाका नगर सभा सदस्यहरु, कर्मचारीहरु, परम्परागत नृत्यका गुठियारहरु र जनसाधारणको बाक्लो उपस्थिति थियो ।