पर्थ, (अष्ट्रेलिया) मंसिर १० । आष्ट्रलियाको पर्थमा भएको (गावस्कर बोर्डर ट्राफि) टेस्टमा भारतले अष्ट्रेलियालाई २९५ रनले हराएको छ, जुन अष्ट्रेलियामा भारतको सबैभन्दा ठूलो जित हो । ५ टेस्टको शृंखलाको पहिलो खेल पर्थमा खेलिएको थियो, जसमा भारतीय टोलीले १–० को अग्रता लिएको छ ।
पर्थ टेष्टमा पहिले ब्याटिङ गर्न आएको भारतको पहिलो इनिङ्स १५० रनभन्दा माथि जान सकेन । जवाफमा बुमराहले पनि ६ विकेट लिए र अष्ट्रेलियाको पहिलो इनिङ १०४ रनमा समेट्यो । यसरी भारतले पहिलो इनिङ्समा ४६ रनको अग्रता लिएको थियो । त्यसपछि दोस्रो इनिङ्समा भारतले यशस्वी जैसवाल र विराट कोहलीको शतकको आधारमा ६ विकेटमा ४८७ रन बनाएर इनिङ्स घोषणा गरेको थियो । यशस्वीले १ सय ६१ रन बनाए भने विराट १०० रन बनाएर अविजित रहेका थिए ।
अष्ट्रेलियालाई पर्थ टेस्टमा ५३४ रनको लक्ष्य भारतले दिएको थियो । ५३४ रनको लक्ष्य पछ्याउँदा आष्ट्रलियाले २९ रनमा आफ्नो शीर्ष ४ विकेट गुमाएको थियो । दोस्रो इनिङ्समा अस्ट्रेलियाका लागि ट्राभिस हेडले सर्वाधिक १०१ रन बनाए । उनी बाहेक मिचेल मार्सले ४७ रनको इनिङ खेले । तर भारतले अस्ट्रेलियाको अगाडि बनाएको स्कोरको पहाड चढ्न यो पर्याप्त थिएन ।
भारतीय बलरको कहरले गर्दा अष्ट्रेलियाले दोस्रो इनिङ्समा २३८ रन मात्रै बनाउन सफल हुनसक्यो । भारतका लागि बुमराहले ८ विकेट लिए । सिराजले ५ विकेट लिए भने राणाले ४ विकेट लिए ।
Add Comment