समाचार

पत्रकार देवी प्रसाद सापकोटाको नेतृत्वमा महासंघको निर्वाचनमा जाने मोर्चाको निर्णय

काठमाडौं, मंसिर १८। ‘कृयाशील पत्रकारहरुको साझा मोर्चा’ले पत्रकार देवी प्रसाद सापकोटाको नेतृत्वमा आसन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ । मोर्चाको नीति, योजना र एजेण्डामा सहमत हुने पक्षहरुसँग सम्वाद र सहकार्यको ढोका खुला राख्ने मोर्चाको आजको बैठकले निर्णय गरेको छ ।

आज मोर्चाका संयोजक योगेन्द्र प्रताप शाहीले विज्ञप्ति जारी गर्दै पत्रकार महासंघले निर्वाचनको कार्यतालिका र सदस्यता नामावली सार्वजनिक गरेकोमा आलोचनात्मक स्वागत गर्दै त्यसमा केही कृयाशील पत्रकारहरु छुटेको भए पनि महासंघलाई निकास दिनुपर्छ भन्ने मोर्चाको मान्यता रहेको उल्लेख छ ।

महासंघ अन्तर्गतका केन्द्र, प्रदेश र जिल्ला तहका पदहरुमा आकांक्षीहरुबीच व्यापक छलफल गरी उम्मेदवारको पूर्ण सूचि सार्वजनिक गरिने मोर्चाको भनाई छ । साथै मोर्चाको नीति, योजना र एजेण्डामा सहमत हुने पक्षहरुसँग सम्वाद र सहकार्यको ढोका खुला राख्ने मोर्चाको आजको बैठकले निर्णय गरेको छ ।