बैतडी — बझाङ केन्द्रबिन्दु भएर सोमबार बिहान ४.२ म्याग्निच्युडको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ४:४० बजे बझाङको कोट्देवल क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो।
भूकम्पको धक्का बझाङसहित बैतडीका विभिन्न स्थानमा पनि महसुस गरिएको छ। हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त नभएको सम्बन्धित निकायले जनाएको छ।








Add Comment