समाचार

बैंकिङ कसुर मुद्दामा व्यवसायी शंकर अग्रवाल पक्राउ

काठमाडौं — व्यवसायी शंकर अग्रवाल पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधबार काठमाडौंको डिल्लीबजार क्षेत्रबाट उनलाई पक्राउ गरेको हो।

शंकर ग्रुपका अध्यक्ष समेत रहेका अग्रवाललाई बैंकिङ कसुरसम्बन्धी मुद्दामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सीआईबीका प्रमुख एआईजी उमाप्रसाद चतुर्बेदीका अनुसार उनलाई आवश्यक कानुनी प्रक्रियाका लागि अदालतमा उपस्थित गराइनेछ।