भैरहवा । रुपन्देही प्रहरीले अवैध रूपमा रिभल्भर र पाँच राउण्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार विशेष सूचनाका आधारमा बुटवल उपमहानगरपालिका–९ नयाँ बसपार्क क्षेत्रमा शंकास्पद रूपमा हिँडिरहेका मकवानपुर बागमती गाउँपालिका–१ का २६ वर्षीय रिशम तुडोसिंह मगरलाई खानतलासी गर्दा उनको साथबाट एक थान रिभल्भर र पाँच राउण्ड गोली बरामद गरिएको हो।
प्रारम्भिक अनुसन्धानपछि पक्राउ परेका मगरले आफ्नो स्थायी ठेगानाबाट थप एक थान रिभल्भर र पाँच राउण्ड गोली समेत बरामद गराएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न मगरविरुद्ध हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।








Add Comment