Post Views: 3
सिरहा — आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज पाल ५ लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले उनलाई बुधबार कार्यालय परिसरबाट रंगेहात पक्राउ गरेको हो।
प्रारम्भिक अनुसन्धानअनुसार सिरहा सुपर मार्केट प्रालिको आर्थिक वर्ष २०७८/७९ को पूर्ण कर परीक्षण (फुल अडिट) गर्ने क्रममा कर दायित्व मिलाइदिने भन्दै पालले घुस मागेको आरोप छ। सुरुमा १२ लाख रुपैयाँ मागिएको भए पनि पछि ५ लाख रुपैयाँमा सहमति भएको बताइएको छ।
कम्पनीका प्रतिनिधिबाट कार्यालयमै घुस रकम बुझ्ने क्रममा अख्तियारको टोलीले पाललाई नियन्त्रणमा लिएको हो।
घटनाबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप अनुसन्धान अघि बढाएको जनाएको छ।








Add Comment