माइतीघरमा दोस्रो दिन पनि लघुवित्त पीडितहरूको प्रदर्शन जारी

माइतीघरमा दोस्रो दिन पनि लघुवित्त पीडितहरूको प्रदर्शन जारी

काठमाडौं । लघुवित्त पीडितहरूले आफ्ना विभिन्न माग राख्दै बुधबार पनि काठमाडौंको माइतीघर मण्डलामा दोस्रो दिन प्रदर्शन जारी राखेका छन्।

उनीहरूले विगतका लघुवित्तसम्बन्धी प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयन गर्न, लघुवित्त, बैंक तथा वित्तीय संस्थाबाट भइरहेको आर्थिक शोषण अन्त्य गर्न, चर्को तथा चक्रवृद्धि ब्याज, जरिवाना र विभिन्न शीर्षकमा लिइने शुल्क खारेज गर्न माग गरेका छन्।

 

यस्तै, धितो लिलामी, कालोसूचीमा राख्ने तथा अन्यायपूर्ण ऋण असुलीको न्यायोचित समाधान सरकारले गर्नुपर्ने उनीहरूको माग छ।

पीडितहरू न्यायको माग गर्दै विभिन्न जिल्लाबाट पदयात्रा गर्दै काठमाडौं आएका हुन्। यसअघि उनीहरूले बालुवाटारमा प्रदर्शन गरेका थिए भने नेपाल राष्ट्र बैंकतर्फ जाने क्रममा प्रहरीले रोकेपछि सडकमै धर्ना दिएका थिए।

 

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply