जनताको समस्या सुन्न सांसद अमरेश सिंहको मेची–महाकाली पदयात्रा सुरु

जनताको समस्या सुन्न सांसद अमरेश सिंहको मेची–महाकाली पदयात्रा सुरु

काठमाडौं । जनताको घरदैलोमै पुगेर उनीहरूका समस्या, गुनासा र सुझाव सुन्ने उद्देश्यसहित सांसद अमरेश कुमार सिंहले मेची–महाकाली पदयात्रा सुरु गरेका छन्।

पदयात्राका क्रममा देशका विभिन्न स्थानमा पुगेर स्थानीय नागरिकसँग प्रत्यक्ष भेटघाट गर्ने र उनीहरूले भोगिरहेका समस्या तथा जनचासोका विषय बुझ्ने उनको योजना रहेको छ।

जनतासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका आवाज र समस्यालाई सम्बन्धित निकायसम्म पुर्‍याउने उद्देश्यले यात्रा सुरु गरिएको जनाइएको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply