काठमाडौं । पीडितमाथि नै दोष थोपर्ने प्रवृत्तिको विरोध गर्दै काठमाडौंको माइतीघरमा ‘Stop Victim Blaming Rally’ आयोजना गरिएको छ।
WeForWomen को आयोजनामा भएको प्रदर्शनमा सहभागीहरूले ‘Stop Victim Blaming’ अर्थात् पीडितलाई दोष दिने प्रवृत्ति अन्त्य गर्नुपर्ने आवाज उठाएका थिए।
प्रदर्शनका क्रममा ‘पीडितलाई दोष दिन बन्द गर, अपराधीलाई प्रश्न गर’, ‘लुगा होइन, नियत हेर’ लगायतका सन्देशसहितका प्लेकार्ड र ब्यानर प्रदर्शन गरिएको थियो।
सहभागीहरूले कुनै पनि घटनामा पीडितको पहिरन, व्यवहार वा व्यक्तिगत अवस्थालाई दोष दिनुभन्दा अपराध गर्ने व्यक्तिको नियत र जिम्मेवारीमाथि प्रश्न गर्नुपर्ने बताएका थिए। साथै, पीडितलाई न्याय, सम्मान र सुरक्षित वातावरण सुनिश्चित गर्नुपर्ने माग गरेका छन्।
