काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि बिहीबार बिहान नुवाकोटको विदुरतर्फ प्रस्थान गरेका छन्।
प्रधानमन्त्री शाह बिहान ९ः३० बजे सडकमार्ग हुँदै विदुरतर्फ प्रस्थान गरेका हुन्। उनको टोलीमा पूर्वाधार विकासमन्त्री सुनिल लम्साल पनि सहभागी छन्।
भोटेकोशी नदीमा आएको बाढीका कारण नदी तटीय क्षेत्रमा क्षति पुगेपछि प्रधानमन्त्री शाह उद्धार तथा राहत कार्यको समन्वयमा सक्रिय रहँदै आएका छन्। बाढीपछि उनले विभिन्न उच्चस्तरीय बैठक बोलाएर प्रभावित क्षेत्रमा उद्धार, राहत तथा सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका थिए।
आजको स्थलगत भ्रमणका क्रममा प्रधानमन्त्री शाहले विदुर तथा आसपासका बाढी प्रभावित बस्तीको अवस्था प्रत्यक्ष रूपमा अवलोकन गर्नेछन्।
भ्रमणका क्रममा स्थानीय प्रशासन, सुरक्षा निकाय तथा जनप्रतिनिधिसँग बाढीबाट भएको क्षति, तत्काल राहत, विस्थापितको व्यवस्थापन र अवरुद्ध पूर्वाधार सञ्चालनका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्रीको टोलीले प्रभावित क्षेत्रको वास्तविक अवस्था बुझेर उद्धार, राहत तथा पुनःस्थापनाका लागि आवश्यक थप कदमबारे समेत जानकारी लिने जनाइएको छ।








Add Comment