मिनी एक्स्काभेटरका लागि गरिएको अपिलपछि आवश्यक मेसिन भेटिए : सांसद गुरुङद्वारा धन्यवाद

मिनी एक्स्काभेटरका लागि गरिएको अपिलपछि आवश्यक मेसिन भेटिए : सांसद गुरुङद्वारा धन्यवाद

काठमाडौं । बाढी तथा विपद् प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यका लागि आवश्यक मिनी एक्स्काभेटरहरू उपलब्ध भइसकेको सांसद सुदन गुरुङले जानकारी दिएका छन्।

मिनी एक्स्काभेटरको आवश्यकता परेपछि सामाजिक सञ्जालमार्फत गरिएको अपिलमा नागरिक तथा विभिन्न पक्षबाट प्राप्त सूचना, तत्परता र सहयोगका कारण आवश्यक एक्स्काभेटरहरू भेट्टाउन सफल भएको उनले बताएका छन्।

गुरुङले सहयोग गर्ने सबैप्रति धन्यवाद तथा हार्दिक आभार व्यक्त गर्दै विपद्को समयमा नागरिकहरू एकजुट भएर अघि बढे जुनसुकै चुनौतीको सामना गर्न सकिने बताएका छन्।

उनले नागरिकबीच देखिएको ऐक्यबद्धता र सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहकार्य आवश्यक रहेको बताएका छन्।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply