काठमाडौं — नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्रा विनिमयदरअनुसार अमेरिकी डलरको खरिददर १५२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५३ रुपैयाँ १९ पैसा रहेको छ।
त्यस्तै, युरोपियन युरोको खरिददर १७६ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७७ रुपैयाँ ६५ पैसा छ। बेलायती पाउन्ड स्टर्लिङको खरिददर २०६ रुपैयाँ १८ पैसा र बिक्रीदर २०६ रुपैयाँ ९९ पैसा रहेको छ।
स्विस फ्र्याङ्कको खरिददर १८७ रुपैयाँ ३४ पैसा र बिक्रीदर १८८ रुपैयाँ ८ पैसा, अस्ट्रेलियन डलर १०९ रुपैयाँ ४१ पैसा र १०९ रुपैयाँ ८४ पैसा, तथा क्यानेडियन डलर ११० रुपैयाँ १९ पैसा र ११० रुपैयाँ ६२ पैसा रहेको छ।
सिंगापुर डलरको खरिददर १२० रुपैयाँ ३५ पैसा र बिक्रीदर १२० रुपैयाँ ८३ पैसा छ। जापानी येन १० वटाको खरिददर ९ रुपैयाँ ९० पैसा र बिक्रीदर ९ रुपैयाँ ९४ पैसा रहेको छ।
चिनियाँ युआनको खरिददर २२ रुपैयाँ ७५ पैसा र बिक्रीदर २२ रुपैयाँ ८४ पैसा छ। साउदी रियाल ४० रुपैयाँ ६३ पैसा र ४० रुपैयाँ ७९ पैसा, कतारी रियाल ४१ रुपैयाँ ८६ पैसा र ४२ रुपैयाँ २ पैसा तथा थाई भाट ४ रुपैयाँ ६२ पैसा र ४ रुपैयाँ ६४ पैसा रहेको छ।
यूएई दिरामको खरिददर ४१ रुपैयाँ ५५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७१ पैसा, मलेसियन रिङ्गेट ३७ रुपैयाँ ४९ पैसा र ३७ रुपैयाँ ६३ पैसा रहेको छ। दक्षिण कोरियन वन १०० वटाको खरिददर ११ रुपैयाँ ३७ पैसा र बिक्रीदर ११ रुपैयाँ ४१ पैसा छ।
त्यस्तै, स्विडिस क्रोनरको खरिददर १५ रुपैयाँ ७५ पैसा र बिक्रीदर १५ रुपैयाँ ८१ पैसा, डेनिस क्रोनर २३ रुपैयाँ ६७ पैसा र २३ रुपैयाँ ७७ पैसा, तथा हङकङ डलर १९ रुपैयाँ ४६ पैसा र १९ रुपैयाँ ५३ पैसा रहेको छ।
कुवेती दिनारको खरिददर ४९७ रुपैयाँ ६० पैसा र बिक्रीदर ४९९ रुपैयाँ ५६ पैसा छ। बहराइन दिनार ४०४ रुपैयाँ ७२ पैसा र ४०६ रुपैयाँ ३१ पैसा, तथा ओमानी रियाल ३९६ रुपैयाँ ३३ पैसा र ३९७ रुपैयाँ ८९ पैसा रहेको छ।
विभिन्न बैंक तथा वित्तीय संस्थाले तोक्ने खुला बजार विनिमयदर भने फरक हुन सक्नेछ।








Add Comment