Home » Sample Page » डलरको भाउ फेरि बढ्यो, आज कुन विदेशी मुद्राको मूल्य कति?
अर्थ-स्वास्थ्य

डलरको भाउ फेरि बढ्यो, आज कुन विदेशी मुद्राको मूल्य कति?

काठमाडौं । नेपाली बजारमा अमेरिकी डलरको भाउ फेरि बढेको छ। आज एक अमेरिकी डलरको खरिददर १५२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५३ रुपैयाँ १९ पैसा रहेको छ।

यस्तै, एक युरोको खरिददर १७६ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७७ रुपैयाँ ६५ पैसा रहेको छ। बेलायती पाउन्डको खरिददर २०६ रुपैयाँ १८ पैसा र बिक्रीदर २०६ रुपैयाँ ९९ पैसा कायम भएको छ।

स्विस फ्र्याङ्कको खरिददर १८७ रुपैयाँ ३४ पैसा र बिक्रीदर १८८ रुपैयाँ ८ पैसा रहेको छ। अस्ट्रेलियन डलर १०९ रुपैयाँ ४१ पैसा खरिद र १०९ रुपैयाँ ८४ पैसा बिक्री, क्यानेडियन डलर ११० रुपैयाँ १९ पैसा खरिद र ११० रुपैयाँ ६२ पैसा बिक्री रहेको छ।

सिंगापुर डलरको खरिददर १२० रुपैयाँ ३५ पैसा र बिक्रीदर १२० रुपैयाँ ८३ पैसा छ। १० जापानी येनको खरिददर ९ रुपैयाँ ९० पैसा र बिक्रीदर ९ रुपैयाँ ९४ पैसा रहेको छ।

चिनियाँ युआनको खरिददर २२ रुपैयाँ ७५ पैसा र बिक्रीदर २२ रुपैयाँ ८४ पैसा छ। साउदी रियाल ४० रुपैयाँ ६३ पैसा खरिद र ४० रुपैयाँ ७९ पैसा बिक्री, कतारी रियाल ४१ रुपैयाँ ८६ पैसा खरिद र ४२ रुपैयाँ २ पैसा बिक्री रहेको छ।

यस्तै, थाई भाटको खरिददर ४ रुपैयाँ ६२ पैसा र बिक्रीदर ४ रुपैयाँ ६४ पैसा, यूएई दिरामको खरिददर ४१ रुपैयाँ ५५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७१ पैसा रहेको छ।

मलेसियन रिङ्गिटको खरिददर ३७ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६३ पैसा रहेको छ। १०० दक्षिण कोरियन वनको खरिददर ११ रुपैयाँ ३७ पैसा र बिक्रीदर ११ रुपैयाँ ४१ पैसा रहेको छ।

स्विडिस क्रोनरको खरिददर १५ रुपैयाँ ७५ पैसा र बिक्रीदर १५ रुपैयाँ ८१ पैसा, डेनिस क्रोनर २३ रुपैयाँ ६७ पैसा खरिद र २३ रुपैयाँ ७७ पैसा बिक्री रहेको छ। हङकङ डलरको खरिददर १९ रुपैयाँ ४६ पैसा र बिक्रीदर १९ रुपैयाँ ५३ पैसा रहेको छ।

कुवेती दिनारको खरिददर ४९७ रुपैयाँ ६० पैसा र बिक्रीदर ४९९ रुपैयाँ ५६ पैसा रहेको छ। बहराइन दिनार ४०४ रुपैयाँ ७२ पैसा खरिद र ४०६ रुपैयाँ ३१ पैसा बिक्री तथा ओमानी रियाल ३९६ रुपैयाँ ३३ पैसा खरिद र ३९७ रुपैयाँ ८९ पैसा बिक्री रहेको छ।

खुला बजारमा विभिन्न बैंकले तोक्ने विदेशी मुद्रा विनिमयदर भने फरक–फरक हुन सक्नेछ।