बाढी–पहिरो आइहाले तत्कालै उद्धारमा खटिनेछ एपीएफको ठूलो टोली

बाढी–पहिरो आइहाले तत्कालै उद्धारमा खटिनेछ एपीएफको ठूलो टोली

काठमाडौं । मनसुनजन्य विपद्का कारण हुन सक्ने क्षति न्यूनीकरण तथा आपतकालीन उद्धारका लागि सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ) ले ११ हजार ७ सयभन्दा बढी जनशक्ति तयारी अवस्थामा राखेको जनाएको छ।

बाढी, पहिरो तथा डुबानको जोखिमलाई ध्यानमा राख्दै आवश्यक परेको स्थानमा तत्काल परिचालन गर्न सकिने गरी जनशक्ति तयारी अवस्थामा राखिएको एपीएफले जनाएको हो।

विपद्को अवस्था सिर्जना भएमा उद्धार, खोज तथा राहत कार्यमा परिचालन हुने गरी सुरक्षा जनशक्तिलाई तयारी अवस्थामा राखिएको बताइएको छ।

मनसुनका कारण विभिन्न क्षेत्रमा बाढी, पहिरो तथा डुबानको जोखिम रहने भएकाले नागरिकलाई पनि सतर्क रहन र जोखिमयुक्त स्थानमा आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply