काठमाडौं । भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन आग्रह गरेकी छन्।
मन्त्री मेहताले सार्वजनिक बिदाका दिनमा समेत सम्बन्धित निकायसँग सम्पर्कमा रही आवश्यकताअनुसार तत्काल परिचालन हुन स्वास्थ्यकर्मीलाई आग्रह गरेकी हुन्।
सम्भावित बाढी, पहिरो, डुबान तथा अन्य मनसुनजन्य विपद्का कारण स्वास्थ्यसम्बन्धी आपतकालीन अवस्था आउन सक्ने भएकाले स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन भनिएको हो।
उनले विपद्का बेला बिरामी तथा प्रभावित नागरिकलाई तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउन आवश्यक समन्वय र तयारी कायम राख्नसमेत आग्रह गरेकी छन्।