नुवाकोट । नुवाकोटस्थित त्रिशूली नदीको धुन्चे जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ।
बाढी पूर्वानुमान महाशाखाले शुक्रबार असोज ९ गते दिउँसो १२ः४० बजे सूचना जारी गर्दै जलसतह अझै बढ्न सक्ने सम्भावना रहेको जनाएको छ।
जलसतह बढ्दो क्रममा रहेकाले त्रिशूली नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिक तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूलाई उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
महाशाखाले नदीको अवस्था र जलसतहमा हुनसक्ने थप परिवर्तनलाई ध्यानमा राख्दै जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजान तथा यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेको छ।