महाराजगञ्जस्थित निवासबाट चोलेन्द्र शम्शेर जबरा नियन्त्रणमा, आखिर किन ?

महाराजगञ्जस्थित निवासबाट चोलेन्द्र शम्शेर जबरा नियन्त्रणमा, आखिर किन ?

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले नियन्त्रणमा लिएको छ। उनलाई शनिबार राति काठमाडौंको महाराजगञ्जस्थित आफ्नै निवासबाट नियन्त्रणमा लिइएको हो।

प्रहरी स्रोतका अनुसार जबरालाई कार्यालयमा लगिएको छ। तर उनलाई कुन कसुर वा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो भन्नेबारे प्रहरीले अहिलेसम्म औपचारिक रूपमा स्पष्ट पारेको छैन।

जबराविरुद्ध २०७८ सालमा प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता भएको थियो। प्रस्ताव दर्ता भएपछि उनी निलम्बनमा परेका थिए र निलम्बनकै अवस्थामा प्रधानन्यायाधीश पदबाट अवकाश पाएका थिए।

२०७५ सालमा प्रधानन्यायाधीश बनेका जबराले २०७९ सालसम्म सर्वोच्च अदालतको नेतृत्व गरेका थिए।

यद्यपि, हालको नियन्त्रणमा लिने घटनाको तत्कालीन कारण र अनुसन्धानको विषय भने प्रहरीले सार्वजनिक गरिसकेको छैन। त्यसबारे आधिकारिक विवरण आएपछि मात्रै थप तथ्य स्पष्ट हुने देखिन्छ।

 

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply