चितवन । देवघाटमा नारायणी नदीको जलसतह बढेर खतरा तह पार गरेको छ। जलसतह अझै बढ्न सक्ने जोखिम रहेकाले डुबान भइरहने तथा नदी आसपासका क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
बाढीको जोखिमलाई ध्यानमा राख्दै त्यस्ता क्षेत्रका बासिन्दाले आज साँझसम्म विशेष सावधानी अपनाउन भनिएको छ। नदी किनार तथा डुबानको जोखिम भएका स्थानमा अनावश्यक आवतजावत नगर्न र सम्भावित जोखिमबाट सुरक्षित रहन आग्रह गरिएको छ।
जलसतहमा हुने थप वृद्धि तथा वर्षाको अवस्थाअनुसार जोखिम अझ बढ्न सक्ने भएकाले स्थानीय बासिन्दाले सम्बन्धित निकायबाट जारी हुने सूचना तथा चेतावनीमा ध्यान दिनुपर्नेछ।