बाढीको जोखिम बढेपछि बुटवलका २०० परिवारलाई सुरक्षित स्थानमा सारियो

बाढीको जोखिम बढेपछि बुटवलका २०० परिवारलाई सुरक्षित स्थानमा सारियो

बुटवल । तिनाउ नदीमा आएको बाढीका कारण रुपन्देहीको बुटवलमा तटीय क्षेत्रका बस्ती प्रभावित भएका छन्। बाढीको जोखिम बढेपछि करिब २०० घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ।

बाढीले बुटवल उपमहानगरपालिका–११ को टप मझुवा क्षेत्रमा रहेका ६ वटा घरमा क्षति पुर्‍याउँदै बगाएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ। प्रहरीका अनुसार बाढीले बगाएका घरमध्ये दुईवटा पक्की र चारवटा कच्ची थिए।

लगातारको वर्षापछि तिनाउ नदीसँगै आसपासका खोलामा समेत पानीको मात्रा बढेपछि नदी किनारका बस्तीमा जोखिम थपिएको थियो। यही अवस्थालाई ध्यानमा राख्दै स्थानीयलाई सुरक्षित स्थानमा सारिएको हो।

इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी निशान्त श्रीवास्तवले टप मझुवा क्षेत्रमा बाढी पस्दा ६ वटा घर बगेको जानकारी दिएका छन्।

प्रभावित क्षेत्रमा थप क्षति हुन नदिन सुरक्षा निकायले अवस्था निगरानी गरिरहेको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply