काठमाडौँ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरेका छन्।
प्रमुख निर्वाचन आयुक्त कार्कीले बिहीबार राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा आयोगको वार्षिक प्रतिवेदन बुझाएका हुन्।
नेपालको संविधानको धारा २९४ बमोजिम आयोगले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
प्रतिवेदनमा आयोगले आर्थिक वर्ष २०८२/८३ मा गरेका काम, गतिविधि तथा निर्वाचनसम्बन्धी विषय समेटिएको जनाइएको छ।
संवैधानिक व्यवस्थाअनुसार संवैधानिक निकायहरूले आफूले गरेको कामकारबाहीको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने व्यवस्था रहेको छ।