काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने ८२१ वटा सवारीसाधनमाथि पछिल्लो २४ घण्टामा कारबाही गरिएको छ।
उपत्यका ट्राफिक प्रहरीको विवरणअनुसार मिति २०८३ असोज १६ गते बिहान ६ बजेसम्मको अवधिमा सबैभन्दा धेरै ‘वन वे’ नियम उल्लंघन गर्ने ५१० वटा सवारी कारबाहीमा परेका छन्।
त्यसैगरी तीव्र गतिमा सवारी चलाउने १०४, सीसीटीभीमार्फत ५९, मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ५३ र लेन उल्लंघन गर्ने ७ वटा सवारीमाथि कारबाही गरिएको छ।
हर्नसम्बन्धी नियम उल्लंघन गर्ने १२, सवारीको अवस्था ठीक नभएका ३४ र बत्तीसम्बन्धी नियम उल्लंघन गर्ने ३९ वटा सवारीमाथि पनि कारबाही भएको ट्राफिक प्रहरीले जनाएको छ।
ट्राफिक नियम पालना नगर्दा दुर्घटनाको जोखिम बढ्नुका साथै सडक व्यवस्थापनमा समेत समस्या पर्ने भएकाले सवारी चालकलाई नियम पालना गर्न प्रहरीले आग्रह गर्दै आएको छ।
२४ घण्टे कारबाही विवरण :
- मादक पदार्थ सेवन (मापसे) : ५३
- सीसीटीभी : ५९
- बत्ती : ३९
- तीव्र गति : १०४
- हर्न : १२
- लेन : ७
- सवारीको अवस्था ठीक नभएको : ३४
- वन वे : ५१०
- अन्य : ३
जम्मा : ८२१