बुटवल । रुपन्देहीको तिलोत्तमाबाट हराएकी १० वर्षीया बालिका सकुशल फेला परेकी छन्। प्रहरीले खोजतलासका क्रममा उनलाई तिलोत्तमा–१० स्थित चक्रहवा जंगलबाट असोज १६ गते फेला पारेको जनाएको छ।
बालिका अपहरणमा संलग्न रहेको आरोपमा तिलोत्तमा–१० शान्तिनगरका करिब २७ वर्षीय युवराज थारुलाई प्रहरीले असोज १८ गते राति नियन्त्रणमा लिन खोजेको थियो।
तिलोत्तमा–१७ दरखसवास्थित धानबारीमा थारुलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले उनको घुँडामुनि गोली प्रहार गरेको जनाएको छ। गोली लागेर घाइते भएका थारुको लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा उपचार भइरहेको छ।
घटनाबारे इलाका प्रहरी कार्यालय, बुटवलबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।