एनपीएल सुरु हुनुअघि प्रधानमन्त्री बालेनको शुभकामना, नेपाली क्रिकेटको दीर्घायुको कामना

एनपीएल सुरु हुनुअघि प्रधानमन्त्री बालेनको शुभकामना, नेपाली क्रिकेटको दीर्घायुको कामना

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुन लागेको अवसरमा नेपाली क्रिकेटलाई शुभकामना दिएका छन्।

आफ्नो फेसबुक पेजमार्फत शुभकामना सन्देश दिँदै उनले केही वर्षमै एनपीएल नेपालको ठूलो खेलकुद उत्सवका रूपमा विकसित भएको बताएका छन्। उनले प्रतियोगितामा सहभागी हुन आएका अन्तर्राष्ट्रिय खेलाडी तथा कमेन्टेटरहरूलाई स्वागत गर्दै नेपाली खेलाडी, आयोजक र नेपाल क्रिकेट संघ (क्यान) लाई सफल आयोजनाका लागि शुभकामना दिएका हुन्।

प्रधानमन्त्री शाहले नेपाली क्रिकेटको उज्ज्वल भविष्यको कामना गर्दै ‘नेपाली क्रिकेट दीर्घायु होस्’ भन्ने सन्देशसमेत दिएका छन्।

नेपालको प्रमुख क्रिकेट प्रतियोगिताका रूपमा स्थापित हुँदै गएको एनपीएलले नेपाली खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै अन्तर्राष्ट्रिय खेलाडीहरूसँग प्रतिस्पर्धा र अनुभव साटासाट गर्ने अवसरसमेत उपलब्ध गराउँदै आएको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply