गोलबजार नगरपालिका–११ का वडाध्यक्ष सोहेब अनवर पक्राउ

गोलबजार नगरपालिका–११ का वडाध्यक्ष सोहेब अनवर पक्राउ

सिरहा — सिरहाको गोलबजार नगरपालिका–११ का वडाध्यक्ष सोहेब अनवर सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ परेका छन्।

सिरहाका प्रहरी प्रवक्ता डीएसपी रमेशबहादुर पालका अनुसार उनलाई आइतबार राति गोलबजारबाट पक्राउ गरिएको हो। प्रहरीले उनीविरुद्ध परेको जाहेरीका आधारमा जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो। त्यसपछि खोजतलास गरिए पनि उनी फरार रहँदै आएका थिए।

सुनसरीको देवानगञ्जमा गत साउन १० गते भएको घटनापछि सिरहाको गोलबजारमा साउन १४ गते भएको घटनामा अनवर संलग्न रहेको आरोप छ। उनीविरुद्ध ‘हिन्दु सम्राट सेना’ नामक संस्थाले प्रहरीमा जाहेरी दिएको थियो।

प्रहरीमा परेको जाहेरीमा गोलबजारमा दंगा भड्काउन तथा तोडफोड र आगजनीका घटनामा वडाध्यक्ष अनवरको मुख्य भूमिका रहेको आरोप लगाइएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको डीएसपी पालले बताएका छन्।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply