स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका पुराना सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका पुराना सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

काठमाडौँ  । सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न आन्दोलनरत विभिन्न पक्षसँग विगतमा भएका सहमतिको समीक्षा गर्दै तिनको प्रभावकारी कार्यान्वयन गर्ने निर्णय गरेको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको बैठकले कार्यान्वयन हुन बाँकी सहमतिका विषयलाई आपसी समन्वयमार्फत समयमै टुङ्ग्याउने निर्णय गरेको हो। बैठकमा हालसम्म कार्यान्वयनमा आएका सहमतिहरूको अवस्थाबारे समेत समीक्षा गरिएको थियो।

बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री, शिक्षा तथा खेलकुद मन्त्री र प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकारसहित सम्बन्धित पक्ष सहभागी थिए।

विगतमा विभिन्न पक्षसँग भएका सहमतिहरूको नियमित समीक्षा गर्ने वर्तमान सरकारको योजनाअनुसार बैठक आयोजना गरिएको जनाइएको छ। सरकारले सहमतिमा उल्लेख भएका विषयको कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यसहित आवश्यक समन्वय अघि बढाउने निर्णय गरेको हो।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply