वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले विभिन्न मुद्दामा फरार रहेका ११ जना प्रतिवादीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पर्सा जिल्ला अदालतको फैसलाबमोजिम लगत लागेका उनीहरूलाई प्रहरी टोलीले २०८३ कात्तिक १७ गते पक्राउ गरेको हो।
पक्राउ परेका ११ जनालाई पर्सा जिल्ला अदालतमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिएका छन्।
प्रहरीले जारी गरेको प्रेस विज्ञप्तिमा पक्राउ परेका व्यक्तिहरूको नाम तथा उनीहरू संलग्न मुद्दाको विवरण खुलाइएको छैन।