सुधारपछि पुनः सञ्चालनमा आयो ई–जीपी प्रणाली, बोलपत्र पेस गर्ने प्रक्रियामा नयाँ व्यवस्था

सुधारपछि पुनः सञ्चालनमा आयो ई–जीपी प्रणाली, बोलपत्र पेस गर्ने प्रक्रियामा नयाँ व्यवस्था

काठमाडौं । सरकारले सार्वजनिक खरिदको विद्युतीय प्रणाली (ई–जीपी) सुधार गरी पुनः सञ्चालनमा ल्याएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले आजदेखि प्रणाली सञ्चालनमा ल्याएको हो।

यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रले जोखिम देखिएपछि गत भदौ ११ गतेदेखि ई–जीपी प्रणाली बन्द गरेको थियो।

कानुनी व्यवस्थाअनुसार सबै सार्वजनिक निकायले निर्माण कार्य तथा मालसामान खरिदका राष्ट्रिय र अन्तर्राष्ट्रिय बोलपत्र यही प्रणालीमार्फत प्रकाशन गर्नुपर्ने हुन्छ।

पुनः सञ्चालनमा ल्याइएको प्रणालीअन्तर्गत अब बोलपत्रदाता तथा आपूर्तिकर्ताले अनलाइन वा हार्डकपीमार्फत प्रस्ताव पेस गर्न सक्नेछन्। तर बोलपत्र खोल्ने र मूल्याङ्कन गर्ने कार्य भने अनिवार्य रूपमा विद्युतीय प्रणालीबाटै गर्नुपर्ने व्यवस्था गरिएको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply