कार दुर्घटना हुँदा भारतीय नागरिकको मृत्यु

कार दुर्घटना हुँदा  भारतीय नागरिकको मृत्यु

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित जलबिरे लामो झरना नजिक कार दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु भएको छ।

बुधबार (कात्तिक १८) दिउँसो करिब २ः३० बजे जलबिरे झरनाबाट फर्किने क्रममा भारतीय नम्बर प्लेटको कार अनियन्त्रित भई खोलामा खसेको प्रहरीले जनाएको छ।

WB 02 AP 3458 नम्बरको उक्त कार दुर्घटनामा एक पुरुषको घटनास्थलमै मृत्यु भएको थियो। मृतकको साथबाट प्राप्त राहदानीका आधारमा उनी भारतको पश्चिम बंगालस्थित कालिम्पोङ निवासी ४१ वर्षीय सायन्तन गयेन रहेको खुलेको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार दुर्घटनाका बेला कारमा चालक मात्र सवार थिए। दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply