रौतहटमा गोली प्रहारबाट एक जना गम्भीर घाइते

रौतहटमा गोली प्रहारबाट एक जना गम्भीर घाइते

गौर । रौतहटको गौर नगरपालिका–४ गढवा टोलस्थित पानी ट्यांकी नजिक गोली प्रहारबाट एक जना घाइते भएका छन्।

प्रहरीका अनुसार गएराति सवा ९ बजे सोही स्थानका करिब २८ वर्षीय राकेश यादवमाथि गोली प्रहार भएको हो। गोलीका छर्रा लागेर उनको ढाड, दाहिने पाखुरा तथा दुवै खुट्टामा चोट लागेको छ। यादवको शरीरका विभिन्न भागमा गरी ६ वटा छर्रा लागेको जनाइएको छ।

घाइते यादवलाई प्रादेशिक अस्पताल गौरमा सामान्य उपचारपछि थप उपचारका लागि वीरगञ्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पताल पठाइएको छ। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

घटनास्थलमा ७.६२ एमएम पेस्तोलका तीन वटा खाली खोका फेला परेको प्रहरीले जनाएको छ। घटनाबारे जिल्ला प्रहरी कार्यालय रौतहटले अनुसन्धान गरिरहेको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply