काठमाडौं । प्रहरी महानिरीक्षक डा. मनोजकुमार के.सी.को नेपाल प्रहरी प्रधान कार्यालयमा स्वागत तथा पदबहाली कार्यक्रम सम्पन्न भएको छ। पदबहालीसँगै प्रधान कार्यालय परिसरमा वृक्षारोपण कार्यक्रमसमेत आयोजना गरिएको छ।
कार्यक्रमकै क्रममा प्रहरी महानिरीक्षक डा. के.सी.ले प्रहरी अधिकृत तथा जवानहरूलाई सम्बोधन गर्दै आवश्यक निर्देशन दिनुभएको छ।
पदबहाली, स्वागत तथा वृक्षारोपण कार्यक्रमसँगै आयोजित निर्देशन सम्बोधन कार्यक्रममा उहाँले प्रहरी संगठनका अधिकारी तथा कर्मचारीलाई सम्बोधन गर्नुभएको हो।