नेपाल संवत् ११४७ को भिंन्तुना र्‍याली तथा सभाको ट्राफिक व्यवस्थापनबारे छलफल सम्पन्न

नेपाल संवत् ११४७ को भिंन्तुना र्‍याली तथा सभाको ट्राफिक व्यवस्थापनबारे छलफल सम्पन्न

काठमाडौं । नेपाल संवत् ११४७ को अवसरमा आयोजना हुन गइरहेको भिंन्तुना सांस्कृतिक र्‍याली तथा भिंन्तुना सभालाई व्यवस्थित, सुरक्षित र मर्यादित रूपमा सम्पन्न गर्ने उद्देश्यले ट्राफिक व्यवस्थापनसम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा सम्बन्धित सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा र्‍याली तथा सभाका क्रममा हुन सक्ने सवारी आवागमनको चाप, सडक व्यवस्थापन, ट्राफिक नियन्त्रण तथा सहभागीहरूको सुरक्षालगायतका विषयमा छलफल गरिएको थियो ।

सांस्कृतिक र्‍यालीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायबीच आवश्यक समन्वय र सहकार्य गर्ने विषयमा समेत छलफल भएको जनाइएको छ ।

नेपाल संवत्को नयाँ वर्षका अवसरमा आयोजना हुने भिंन्तुना सांस्कृतिक र्‍याली तथा सभालाई सहज र सुरक्षित बनाउन ट्राफिक व्यवस्थापनलाई विशेष प्राथमिकता दिइने बताइएको छ ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply