काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत घोप्टेभीरमा सुक्खा पहिरो खस्दा अवरुद्ध भएको सडक पुनः सञ्चालनमा आएको छ ।
पहिरो खसेपछि राजमार्गको दुवैतर्फको सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको थियो । पहिरो हटाउने कार्य सम्पन्न भएपछि दिउँसो २ः१५ बजेदेखि सडक पुनः दुईतर्फी सञ्चालनमा आएको हो ।
सडक अवरुद्ध हुँदा राजमार्ग भएर आवतजावत गर्ने सवारीसाधन तथा यात्रु प्रभावित भएका थिए । पहिरो हटाएसँगै अहिले दुवैतर्फ सवारी आवागमन सहज भएको छ ।
वर्षा तथा पहिरोको जोखिम भएका क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउन सम्बन्धित निकायले यात्रु तथा चालकलाई आग्रह गरेको छ ।