काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५० सवारी चालक पछिल्लो २४ घण्टामा कारबाहीमा परेका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार २०८३ कार्तिक २४ गते बिहान ६ बजेसम्मको अवधिमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १६४ जना कारबाहीमा परेका छन्।
त्यस्तै, तीव्र गतिमा सवारी चलाउने ११२ जना, सीसीटीभी निगरानीबाट पहिचान भएका ३९ जना, ट्राफिक लाइट उल्लङ्घन गर्ने २० जना र निषेधित क्षेत्रमा हर्न बजाउने सात जना कारबाहीमा परेका छन्।
यसैगरी, लेन अनुशासन उल्लङ्घन गर्ने दुई जना, सवारीसाधनको अवस्था ठीक नभएका १८ जना तथा अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने २८८ जना कारबाहीमा परेको विवरणमा उल्लेख छ।
ट्राफिक प्रहरीले उपत्यकामा सवारी दुर्घटना न्यूनीकरण तथा सडक अनुशासन कायम गर्न नियमित निगरानी र कारबाही गर्दै आएको छ।