मोरङमा रड प्रहार गरी श्रीमान्को हत्या, श्रीमतीसहित दुई जना पक्राउ

मोरङमा रड प्रहार गरी श्रीमान्को हत्या, श्रीमतीसहित दुई जना पक्राउ

मोरङ । मोरङको जहदा गाउँपालिका–२ मोहनपुरमा रड प्रहार गरी एक पुरुषको हत्या भएको छ। घटनामा संलग्न रहेको आरोपमा मृतककी श्रीमतीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार सोमबार राति करिब ९ बजे स्थानीय ४० वर्षीय बुधराम सोरेनमाथि उनकी ३५ वर्षीया श्रीमती कमली बास्के र भारतको बिहार निवासी २७ वर्षीय सुनिल मिश्रले टाउकोमा रड प्रहार गरेका थिए। रड प्रहारबाट सोरेनको घटनास्थलमै मृत्यु भएको हो।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरीले घटनामा प्रयोग भएको रडसहित सुनिल मिश्रलाई नियन्त्रणमा लिएको थियो। घटनापछि फरार रहेकी कमली बास्केलाई मंगलबार बिहान करिब साढे ७ बजे खेतमा भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply