काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्सविरुद्धको खेलमा पोखरा एभेन्जर्सले १३३ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित इनिङ्समा १३२ रन बनाउँदै विराटनगरसामु १३३ रनको लक्ष्य राखेको हो।
अब विराटनगरले जितका लागि १३३ रन बनाउनुपर्नेछ। दुवै टोलीका लागि यो खेल प्रतियोगिताको प्लेअफ समीकरणका दृष्टिले महत्वपूर्ण रहेको छ।