काठमाडौं उपत्यकामा २४ घण्टामा ६३२ सवारीसाधनमाथि ट्राफिक कारबाही

काठमाडौं उपत्यकामा २४ घण्टामा ६३२ सवारीसाधनमाथि ट्राफिक कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६३२ सवारीसाधनमाथि पछिल्लो २४ घण्टामा कारबाही गरिएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार २०८३ मंसिर १ गते बिहान ६ बजेसम्मको विवरणअनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने ६१ जनामाथि कारबाही गरिएको छ।

त्यस्तै, तीव्र गतिमा सवारी चलाउने ११४ जना, ट्राफिक नियम उल्लङ्घन गर्ने सीसीटीभीमार्फत पहिचान भएका ४३ जना र ट्राफिक बत्तीको नियम पालना नगर्ने ३५ जनामाथि कारबाही भएको छ।

यसैगरी, लेन अनुशासन उल्लङ्घन गर्ने २१ जना, एकतर्फी सडकमा नियमविपरीत सवारी चलाउने आठ जना र अनावश्यक हर्न बजाउने छ जनामाथि कारबाही गरिएको छ।

अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घनमा ३४४ सवारीसाधनमाथि कारबाही गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उपत्यकामा ट्राफिक नियम पालना गराउने उद्देश्यले नियमित अनुगमन तथा कारबाहीलाई निरन्तरता दिइएको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply