हेटौँडामा पेस्तोल र गोलीसहित दुई जना पक्राउ

हेटौँडामा पेस्तोल र गोलीसहित दुई जना पक्राउ

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१ स्थित तिरतिरे धारा नजिकबाट पेस्तोल र गोलीसहित दुई जना पक्राउ परेका छन्।

सशस्त्र प्रहरी बल, नेपाल नं. १४ गण र एपीएफ इन्टेलिजेन्स ब्युरोको संयुक्त टोलीले विशेष सूचनाका आधारमा २०८३ कात्तिक २८ गते एउटा अटो जाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा मनहरी गाउँपालिका–६, नयाँबस्तीका २७ वर्षीय सुनबहादुर तामाङ र २२ वर्षीय विश्वराज तामाङ रहेका छन्। उनीहरूको साथबाट ७.६५ एमएमको गोली लाग्ने एक थान स्वचालित चाइनिज पेस्तोल, एक थान म्यागजिन, एक राउन्ड गोली र तीन थान मोबाइल बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

पेस्तोल तथा अन्य सामग्रीसहित अटोसमेत नियन्त्रणमा लिइएका दुवै जनालाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply