गोरखा । बाढीका कारण गोरखाको आरुघाट क्षेत्रमा पुल पूर्णरूपमा अवरुद्ध हुँदा आवतजावत प्रभावित भएको छ।
प्रहरीका अनुसार आरुघाट गाउँपालिका–२ र ३ अन्तर्गत सोतीदेखि मान्बु जाने पुल बाढीका कारण गत असोज २५ गते बिहान ५ः३० बजेदेखि अवरुद्ध भएको हो।
मंसिर ३ गते बिहान ६ः३० बजेसम्म उक्त पुल सञ्चालनमा आउन सकेको छैन। पुल पूर्णरूपमा अवरुद्ध रहेकाले उक्त मार्गबाट आवतजावत गर्न समस्या भइरहेको छ।
प्रहरीले राजमार्ग तथा सडक अवरोधसम्बन्धी विवरण सार्वजनिक गर्दै अवरुद्ध सडक खुलाउने अवस्थाबारे जानकारी गराएको छ।