काठमाडौं उपत्यकामा २४ घण्टामा ६९४ सवारी चालक कारवाहीमा

काठमाडौं उपत्यकामा २४ घण्टामा ६९४ सवारी चालक कारवाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने ६९४ जना सवारी चालकलाई पछिल्लो २४ घण्टामा कारवाही गरिएको छ।

उपत्यका ट्राफिक प्रहरीका अनुसार मंसिर ३ गते बिहान ६ बजेसम्मको अवधिमा मादक पदार्थ सेवन, तीव्र गति, लेन अनुशासन, ट्राफिक संकेत तथा अन्य नियम उल्लंघन गर्ने चालकहरू कारवाहीमा परेका हुन्।

कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गर्ने ६५ जना, सीसीटीभी निगरानीबाट नियम उल्लंघन गर्ने २८ जना, ट्राफिक लाइट उल्लंघन गर्ने १२ जना, तीव्र गति चलाउने १०४ जना र अनावश्यक हर्न बजाउने ३ जना रहेका छन्।

त्यस्तै लेन अनुशासन उल्लंघन गर्ने २१ जना, सवारी अवस्था ठीक नभएका ४५८ जना र एकतर्फी सडकमा नियम उल्लंघन गर्ने ३ जना चालक पनि कारवाहीमा परेका छन्।

ट्राफिक प्रहरीले सवारी नियम पालना गर्न र सडक अनुशासन कायम राख्न चालकहरूलाई आग्रह गरेको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply