काठमाडौं । नेपाली चलचित्र ‘हिमालयन गोल्ड’ नेपाल र भारतका सिनेमाघरमा प्रदर्शनमा आएको छ। दिवंगत अभिनेता सुनील थापाको अन्तिम चलचित्रका रूपमा रहेको यस फिल्मलाई धीराज राजवंशीले निर्देशन गरेका हुन्।
थापाको अभिनय रहेको यो चलचित्र उनको निधनपछि दर्शकमाझ आएको छ। नेपाल र भारत दुवै देशमा एकैसाथ प्रदर्शनमा आएको फिल्मले दर्शकबाट कस्तो प्रतिक्रिया पाउँछ भन्ने चासो बढेको छ।