काठमाडौं । पाकिस्तानी चर्चित गायक आतिफ असलम नेपालमा लाइभ प्रस्तुति दिन आउने भएका छन्। उनी आगामी डिसेम्बर १९ अर्थात् पुस ४ गते इटहरीस्थित इटहरी रंगशालामा आयोजना हुने सांगीतिक कार्यक्रममा प्रस्तुति दिनेछन्।
जय मिडिया म्यानेजमेन्टको आयोजनामा हुन लागेको कार्यक्रममा आतिफ असलमले आफ्ना लोकप्रिय गीतमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन्।
कार्यक्रमको टिकट डिजिटल भुक्तानी सेवा खल्तीमार्फत उपलब्ध हुने आयोजकले जनाएको छ। भारतमा रहेका दर्शकका लागि भने जय मिडिया म्यानेजमेन्टको कार्यालयसहित मुम्बई र सिलिगुडीका विभिन्न स्थानबाट भौतिक टिकट खरिद गर्न सकिने व्यवस्था गरिएको छ।