कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, एजेन्डामाथि छलफल जारी

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, एजेन्डामाथि छलफल जारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बिहीबार पनि बस्दैछ। पार्टी केन्द्रीय कार्यालयमा मंगलबारदेखि जारी बैठक बिहान ११ बजे पुनः सुरु हुने भएको छ।

केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार छलफलका लागि निर्धारित विषयमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेकाले बैठक निरन्तर अघि बढाइएको हो। उनले बैठक अझै केही दिन चल्न सक्ने जानकारी दिएका छन्।

बैठकमा महामन्त्री प्रदीप पौडेलले प्रस्तुत गरेका विभिन्न एजेन्डामाथि केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखिरहेका छन्। उनीहरूले प्रस्तावित विषयमा सुझावसमेत दिइरहेका छन्।

यसका साथै बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीको वर्तमान अवस्था र आगामी राजनीतिक कार्यदिशाबारे पनि छलफल भइरहेको कांग्रेसले जनाएको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply