काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ बाट स्रोत नखुलेको रकमसहित दुई चिनियाँ नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा ५१ वर्षीय सिरेनौ ओजी र ४३ वर्षीय वुजियान्दुओजी रहेका छन्। उनीहरूको साथबाट १६ लाख ६ हजार ८०० नेपाली रुपैयाँ बराबरको रकम र ६६ हजार ९५० चिनियाँ युआन बरामद भएको इलाका प्रहरी कार्यालय कोदारीले जनाएको छ।
प्रहरीका अनुसार कोदारीबाट काठमाडौं आउँदै गरेको बा ५३ च ५२९३ नम्बरको स्कारपियो गाडी जाँच गर्ने क्रममा उक्त रकम फेला परेको हो।
बरामद रकमको स्रोत नखुलेपछि दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।